राजनीति

सरकारलाई गगन थापाले हाने यस्तो झटारो !

काठमाडौ । प्रमुख प्रतपिक्षी नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापाले सरकारलाई व्यङ्ग गरेका छन् । काठमाडौँमा हुने विमस्टेक सम्मेलनमा भाग लिन आउने विभिन्न राष्ट्रका प्रमुखहरुलाई राजधानीका फरकफरक होटलमा राखे सबै खाल्डा खुृल्डी पुरिने भन्दै व्यङ्ग कसेका हुन् ।

सोमबार संसदमा शुन्य समयमा बोल्दैँ नेता थापाले ३० र ३१ तारिखमा काठमाडौंमा हुने विमिस्टेक सम्मेलनका लागि आउने विदेशी पाहुनाहरुलाई एउटै होटलमा नराख्न सरकार समक्ष व्यङ्ग्यात्मक आग्रह गरेका छन् ।

उनले भने, ‘पाहुनाहरुले सडकमा भएको खाल्डो, हिलो देखेभने इज्जत जाने मान्यतालाई आत्मसाथ गर्दै हाम्रो सरकारले रातारात खाल्डो पुर्नेछ र वेथिती हटाउनेछ भन्नेमा म पूर्णत विश्वस्त छु ।’