खेलकुद

भेट्रान कप फुटबल आजदेखि

काठमाडौँ । चाबहिल स्पोर्ट्स क्लबको आयोजनामा खुला भेट्रान कप सिक्स ‘ए’ साइड फुटबल प्रतियोगिता आजदेखि शुरु हुँदैछ । प्रतियोगितामा मोफसलका पाँचसहित १४ टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक भरत थापाले जानकारी दिए । नकआउट आधारमा हुने प्रतियोगिताका विजेताले रु एक लाख र उपविजेताले रु ५० हजार पुरस्कार पाउने छन् । खेल चाबहिलस्थित गणेशस्थानमा हुनेछ ।
प्रतियोगिता एसियन इन्टरटेन्मेन्ट एण्ड जुना फिल्मस्ले मुख्य प्रायोजन गरेको छ । प्रतियोगिता आगामी भदौ २ गतेसम्म चल्नेछ । प्रतियोगिताअन्तर्गत आज दुईवटा खेल हुनेछन् । पहिलो खेल कलाकार भेट्रान र सजनस्मृति तथा दोस्रो खेल बनेपा र तुसालबीच हुनेछ ।