राजनीति

ओली सरकारले कर बढाएर जनतालाई आक्रान्त बनायोः नेता कोईराला

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य डा. शेखर कोईरालाले कर बढाएर सरकारले जनतालाई प्रताडित गरेको आरोप लगाएका छन् । सोमबार फेसबुकमा एक स्टाटस लेख्दै नेता कोइरालाले स्थानिय सरकारले अवैज्ञानिक र अव्यवस्थित तरिकारले कर लगाएको जनाएका हुन् ।

मनपरी तरिकाले बढेको करले स्थानिय जनतालाई आक्रान्त बनाएको नेता कोईरालाको भनाई छ । कांग्रेसका तत्कालिन सभापती विपी कोईरालाले कर बारे दिने गरेको संस्मरण गर्दै स्टाटसमा लेखेका छन, ‘जनप्रतिनिधीहरूले बि पी कोईरालाले भन्नु भएको–“बैज्ञानिक र ब्यवहारिक ढंगले करको दायरा तोकिनुपर्छ।” भन्ने कुरालाई आत्मसात गरेर अगाडी बढ्नुपर्छ।’

एकातिर कर बढाईएको छ भने अर्कातिर कर अनुसारको सेवा सुविधा उपलब्ध गराएको छैन्, उनले स्टाटसमा लेखेका छन् । सरकारले यसरी मनपरी ढंगले कर बढाएर जनताको ढाड सेकेको उनको भनाई छ ।