सूचना प्रविधि

एनसेलले ल्यायो मिदास ईक्लास सेवा

काठमाडौं । एनसेलले मिदास एजुकेसनसँग सहकार्य गर्दै आफ्ना ग्राहककालागि मिदास ईक्लास सेवाल्याएको छ ।यो सेवाको सुरुवात सँगै अब एनसेलका ग्राहकले आफ्ना बालबच्चाहरुको शैक्षिक विकासकालागि श्रव्य/दृष्यमा आधारित डिजिटल शैक्षिक सामाग्रीहरुको ठूलो संग्रहबाट लाभलिन सक्नेछन् ।

मिदास ईक्लास मोबाइलफोन, ट्याब्लेट वा कम्प्युटर माध्यमबाट बालबालिकालाई सिक्न सघाउने एक प्लेटफर्म हो । यहाँ उपलब्ध हुने पाठ्यक्रमहरु श्रव्य/दृश्यमा आधारित र अन्र्तक्रियात्मक हुने भएकाले बालबालिकाहरुले अभिरुचीपुर्वक सिक्न सक्छन् । यस सेवामा प्लेगु्रप देखि कक्षादश सम्ममा अध्ययनगर्ने विद्यार्थीहरुका भिडियो ट्युटोरियल, विविध शैक्षिक सामग्रीहरु, गेम्स् तथा अभ्यासहरु रहेको छन् ।

यहि सोमबार श्रावण २८ गते देखि एनसेलका ग्राहकले यो सेवाप्रयोग गर्न सक्नेछन् । जस अन्तर्गत ग्राहकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पाठ्यक्रम विकास केन्द«ले प्रमाणित गरेको शैक्षिक सामग्रीहरु जस्तै विषेश भिडियो ट्युटोरियल्स्, एनिमेटेड पाठहरु लगायत अन्य शैक्षिक सामग्रीहरु डाउनलोडगर्न सक्नेछन् ।

गाहकले गुगलप्लेस्टारेबाट यो एप सजिलै डाउनलोड गर्न सक्नेछन् र आफ्नो एनसेलको नम्बरबाट यस एपमादर्ता गरीए पचलाउन सक्नेछन् । यस एपमार्फत ग्राहकले आफ्नो आवश्यकता अनुसार यस सेवाभित्र रहेका कुनै पनिकक्षाका विद्यार्थीका लागिउपयुक्त योजना सुचारु गर्न सक्नेछन् ।

मिदास ईक्लास सदस्यतामा आधारित सेवा हो ।जसअन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा मासिक मध्य कुनै पनि सेवा योजना सुचारु गर्न सक्नेछन् । दैनिक योजना सुचारु गर्नरु ११.९६ (कर सहितशुल्क रु १५.२६) शुल्करहेको छ । त्यसैगरी साप्ताहिक योजनाको रु ५५.८१ (कर सहित रु ७१.२६) र मासिक योजनाको रु १९९.३१ (कर सहित रु २५४.५०)शुल्क तोकिएका छन् ।

मिदास एजुकेसनसँगको सहकार्यमा विद्यार्थीहरुकालागि डिजिटल लर्निङ् ल्लेटफर्म संचालनमाल्याउनपाएकोमा कम्पनीहर्षित रहेको र विद्यार्थीको शैक्षिकविकासकालागि यसले ठूलो महत्व राख्ने एनसेलले जनाएको छ । यो नविन सिकाई पद्धतीले डिजिटल नेपालको निर्माणमा पनि योगदान पुर्याउने विश्वास एनसेलले लिएको छ ।

एनसेलकाग्राहकले यो सेवा सुचारु गरेको दिन देखि एक हप्तासम्म निःशुल्कप्रयोग गर्न सक्नेछन् । एप डाउनलोड तथा एपमा रहेको शैक्षिक सामग्रीहरु प्रयोगतथा डाउनलोड गर्दा विद्यमान् डेटा शुल्क लाग्नेछ । एपमार्फत सेवा सुचारु गरेपछि ग्राहकले वाईफाई मार्फत पनि आवश्यक भिडियो कन्टेन्ट डाउनलोड गर्न सक्नेछन् ।