समाचार

काँग्रेसबाट निर्बाचित मेयर र उपमेयरको हत्या प्रयास गर्ने ९ जना पक्राउ !

विराटनगर । विराटनगर महानगरपालिका प्रमुखको कक्षको बाहिर आज गराइएको कुकर बम विष्फोटनको आशङ्कामा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख मनोजकुमार केसीले उनीहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताए ।

बम विष्फोटनमा निजहरुको संलग्नताका सम्बन्धमा आवश्यक अनुसन्धान एवं सोधपुछ भइरहेकाले पक्राउ परेकाको नाम सार्वजनिक नगरिएको उनले बताए । बम विष्फोटनबाट कुनै मानवीय क्षति भएको छैन ।
मेयर पराजुलीले आफू सकुसल रहेको र भगवानले बचाउने विश्वास ब्यक्त गरे । मेयर पराजुली र उपमेयर ईनदीरा कार्की दुबै गत स्थानीय निर्बाचनमा  नेपाली काँग्रेसबाट निर्बाचित भएका थिए ।