आर्थिक

साताको पहिलो दिनमै आयो शेयरधनिलाई दुःखद खबर !

काठमाडौँ । गत साता रु ९१ करोडको मात्रै कारोवारमा भएको शेयर बजार यस साताको पहिलो दिन नै दोहोरो अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार १६.६९ बिन्दुले घटेर नेप्से परिसूचक एक हजार १६३.९४ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने ‘सेन्सेटिभ’ परिसूचक ३.४३ बिन्दुले घटेर २४५.७० बिन्दुमा ओर्लेको छ ।

स्टकका अनुसार आज कूल १६२ कम्पनीको सात लाख ८१ हजार ५६० कित्ता शेयर रु २५ करोड दुई लाख २६ हजार ४९१ मूल्यमा खरिद बिक्री भएको छ । दुई उपमूहको शेयर मात्रै उकालो लागेको बजारमा नौ उपसमूहको शेयर भने ओरालो लागेको छ । व्यापार २.११ र होटल उपसमूह ६.७३ बिन्दुले बढेको छ ।

यस्तै बैंकिङ ११.८७, विकास बैंक १३.२२,जलविद्युत् २१.१९, वित्त ३ं५९, निर्जीवन बीमा १०५.७४, उत्पादन ६३.५८, अन्य ४.७२,माइक्रोफाइनान्स ३१.५३ र जीवन बीमा १९३.३७ बिन्दुले ओरालो लागेको छ ।

स्टकका अनुसार आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था र साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ताले आज कमाए भने मल्टिपर्पस फिनान्स कम्पनी, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, नेरुडे लघुवित्त विकास बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।