खेलकुद

भेट्रान कप फुटबल भोलिदेखि

काठमाडौं । चावहिल स्पोर्ट्स क्लबको आयोजनामा खुला भेट्रान कप सिक्स ए साइड फुटबल प्रतियोगिता सोमबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा मोफसलका ५ सहित १४ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक भरत थापाले जनाएका छन् । विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् ।

नकआउट आधारमा हुने प्रतियोगिताका खेलहरु चावहिलस्थित गणेशस्थानमा हुनेछ ।

प्रतियोगितालाई एसियन इन्टरटेन्मेन्ट एन्ड जुना फिल्मस्ले मुख्य प्रायोजन गर्ने भएको छ । फाइनल भदौ २ गते हुनेछ । पहिलो दिन कलाकार भेट्रान र सजन स्मृति तथा बनेपा र तुसालबीच खेल हुनेछ ।

ढोरपाटन क्लबको आयोजनामा हुने पाँचौ ढोरपाटन पुरुष भलिबल प्रतियोगिताबारे जानकारी गराउन निम्न मिति, समय र स्थानमा पत्रकार सम्मेलनको आयोजना हुदैछ ।