पु.समाचार

मेयर लक्षित बम आक्रमणप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण, अपराधीलाई तत्काल खोज्न सरकारसँग माग

काठमाडौं । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीलाई लक्षित बम विष्फोटप्रति नेपाली कांग्रेसले घोर निन्दा गरेको छ । आइतबार एक विज्ञप्ती जारी गर्दै कांग्रेसले घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

‘आज अपरान्ह २ बजे उहाँको कार्यकक्ष बाहिर अज्ञात समूहले बम विष्फोट गराई क्षति पु¥याएको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ ।, कांग्रेसद्वारा जारी विज्ञप्तीमा लेखिएको छ, बम विष्फोटबाट एक जना सख्त घाइते भएका छन् भने कार्यालयको सोफा, सिसा, पार्किङमा राखिएको सवारी साधानमा समेत क्षति पुगेको छ ।’

घटनामा संलग्नको तत्काल खोजी गरी कडा भन्दा कडा कारवाही गर्न सरकारसँग माग गर्दै कांग्रेसले विज्ञप्तीमा अघि भनेको छ, ‘उक्त घटनामा संलग्न अपराधीहरुको तत्काल खोजी गरी कडा भन्दा कडा कार्वाही गर्न र घाइतेको उचित उपचारका लागि सरकारसँग नेपाली कांग्रेस माग गर्दछ । साथै, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।’

यो पनि पढ्नुहोस्:-

मेयरको कार्यकक्षमै बम प्रहार, झ्यालको सिसा फुट्यो