राजनीति

दाहालको निधनमा कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसले नेपाली साहित्यका मुर्धन्य व्यक्तित्व, वरिष्ठ पत्रकार एवं वरिष्ठ रेडियोकर्मी यज्ञनिधि दाहालको निधनमा दुःख व्यक्त गरेको छ । एक शोक विज्ञप्ती जारी गर्दै कांग्रेसले दाहालको निधनको खबरले पार्टीलाई अत्यन्त दुःखित तुल्याएको जनाएको हो ।

‘लोक जीवनका साहित्य, संस्कार, स्वर र शैलीलाई टिप्दै बोलीमा मिठास र भाषामा लयात्मकतामा आधारित भएर उ, ले दिने प्रस्तुतिले नेपाली स्रोतालाई आकर्षित गरेको  थियो ।, कांग्रेसद्वारा जारी वक्तव्यमा भनिएको छ, लामो समयसम्म अध्यापन सेवामा समर्पित रहनु भएका स्वर्गीय दाहालले साहित्य र पत्रकारिताको क्षेत्रमा लेखनका माध्यमबाट सामाजिक जागरण ल्याउन तथा चेतना समेत बढाउन सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो ।’

‘उहाँको निधनबाट सांस्कृतिक रुपान्तरणको क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । नेपालको साहित्यिक एवं पत्रकारिताको क्षेत्रमा उहाँले पु¥याउनु भएको योगदान सदा स्मरणीय रहिरहनेछ ।, विज्ञप्तीमा अघि भनिएको छ, उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । नेपाली कांग्रेस उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना गर्दछ । साथै, शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ ।’

दाहालको यहि श्रावण २५ गते मस्तिस्कघातबाट माईतिघर स्थित अन्नपूर्ण न्यूरो अस्पतालमा ६४ बर्षको उमेरमा निधन भएको थियो ।