आर्थिक

एंकर अब नेपालमा

काठमाडौँ । पशुपति ट्रेड लिङ्क प्रालि मुरारका अर्गनाइजेसन अन्तर्गतको एक भगिनी संस्था हो । नेपालको लागि माइक्रोम्याक्स तथा ब्राभोस टेलिभिजनको आधिकारिक वितरक रहेको यस कम्पनीले नेपालमा एंकर ब्राण्डको आज आधिकारिक रुपमा लन्च गरेको छ ।

एंकर चाइनाको लिडिङ्ग कन्जुमर इलेक्ट्रोनीक्स ब्राण्ड हो । यसका आधुनीक पोर्टेवल इलेक्ट्रोनीक्स सामानका ठूलो रेन्जमा नै रहेको छ । पशुपती ट्रेड लिङ्कले एंकरका पावर ब्याक, पोर्टेवल प्रोजेक्टर, युएसबी केवल, ब्लुतुथ एयरफोन, वायरलेस चार्जर, वालचार्जर र ब्लुतुथ स्पिकर नेपाली बजारमा उपलब्ध गराउने छ र यी सामानहरुमा १८ महिनाको रिप्लेसमेन्ट वारिन्टी सहित उपलब्ध रहेको छ ।

एंकरको नेबुला मार्स प्रोजेक्टर ग्राहकको आकर्षण केन्द्रमा रहनेछ जसमा १० वाटको २ वटा स्पिकर र १५० इन्च सम्मको तस्विर जुन १२८० वाइ ७२० को क्लिीयर रेजुलेशन हुनेछ । यो प्रोजेक्टर एन्डरोइड ७.१ मा चल्छ र यसमा बील्ड इन वाइफाइ र ब्लुतुथ रहेको छ जसले गर्दा युट्युव र नेटफ्ीक्सका भिडीयोहरु हेर्न निकै सहज हुन्छ । यसमा ८ जीवीको इन्टरनल स्टोरेज पनि रहेको छ साथै अरु डिभाइसहरु कनेक्ट गर्न एक्टरनल आईओहरु एचडिएमआई तथा युएसबी ३.० पोर्ट रहेको छ । यसमा १२५०० एमएएचको ब्याट्री पनि रहेको छ जसले ४ घण्टा सम्मको व्याकअप दिन्छ ।

पशुपती ट्रेड लिङ्कका मार्केटिङ्ग मेनेजर धिरेन्द्र कुसवहाका अनुशार ‘यो टेक्नलोजीको युगमा मानिसहरु लेटेष्ट टेक्नलोजीका इलेक्ट्रोनिक्स सामानहरु आफ्नो दैनीक जीवनमा प्रयोग गर्न चाहन्छन् । मोवाइल बाहेक पावर बैक तथा चाजीङ्ग केवल पनि आफ्नो साथमा राख्ने गरिन्छ । उपभोक्ताहरु राम्रो टेक्नलोजी तथा गुणस्तरका स्मार्टफोन, ल्यापटप र इलेक्ट्रोनिक्स सामानहरु किन्न चाहन्छन् तर चार्जर र केवल भने साधारण तथा हाइकपी किन्ने गर्दछन् । धेरै व्यक्तिहरुलाइ सस्ता कम गुणस्तरका सामानहरुको वेफाईदाहरु जसले आफ्नो बहुमुल्य सामानको पर्फमेन्स कम गरेकोे, व्याट्रि लाइफ घटाएको तथा स्लो बनाएको जस्ता कुराहरु थाहानै हुदैन । यहि सन्दर्भमा बिश्व एंकर जस्तो बिश्व स्तरीय ब्राण्ड नेपालमा भित्रिएको छ । जसले व्याट्रि लाइफ, पर्फमेन्स तथा इफिसीयन्सीको वृद्धी गर्छ ।