राजनीति

काठमाडौँका मेयरलाई रञ्जु दर्शनाको प्रश्न: रानीपोखरी लगायतको पुनःनिर्माणमा किन ढिलाई ?

काठमाडौ । काठमाडौँ महानगरपालिकाका पुनःनिर्माण र आर्थिक गतिवितिलाई लिएर राजनीतिक दलले चासो देखाउन थालेका छन् । केही समयअघि साझा पार्टीका तर्फबाट रञ्जु दर्शनाले कामपा प्रमुख विद्यासुन्दर शाक्यलाई भेटी रानीपोखरीको पुनःनिर्माण छिटो गर्न आग्रह गर्दै यसअघि निर्माण गर्दाको विवरण माग गरेकी थिईन् ।

गत शुक्रबार पनि नयाँ शक्ति पार्टी काठमाडौँले कामपाका प्रमुख शाक्यसँग भेटेर आर्थिक वर्ष २०७४/०७५ मा महानगरले स्वीकृत गरेको कार्यक्रम र भएको खर्चको विवरण मागसँगै सार्वजनिक छवि सुधारका लागि गम्भीर हुन आग्रह गरेको थियो । समितिका संयोजक मानुषी भट्टराईको नेतृत्वमा आएको टोलीको ज्ञापनपत्र बुझ्दै प्रमुख शाक्यले पछिल्लो समय राजनीतिक दलले महानगरको विाषयमा देखाएको चासो र चिन्ताले आफूहरुलाई विकासको काम गर्न थप ऊर्जा प्राप्त भएको बताए ।

प्रमुख शाक्यले २०७२ सालको भूकम्पका कारण क्षति पुगेको ऐतिहासिक संरचना र अन्य विकासको काम आफ्नो मुख्य प्राथमिकतामा परेको बताए । शाक्यले भने, राजनीतिक दलहरुले कामपाको बरेमा राखिएको चासोका कारण स्थानीय तहको हरेक कम पारदर्शी हुने छ ।”