कृषि

मकैमा डाँठ कुहिने रोग

दाङ । तुलसीपुर उपमहानगरपालिका– ३ भट्टे गाउँमा लगाइएको मकैमा डाँठ कुहिने रोग देखिएको छ । डाँठ कुहिने रोगका कारण यहाँका किसानले लगाएको मकैबाली नष्ट भएको छ । सो क्षेत्रको पाँच बिघामा लगाइएको मकैमा डाँठ कुहिने रोग देखा परेको स्थानीयवासी कर्णबहादुर वलीले बताए । भखरै फल्न थालेको मकै डाँठ कुहिने रोगले सखाप भएपछि किसान चिन्तित भएका छन् ।

किसानले तुलसीपुरका विभिन्न एग्रोभेटबाट कञ्चन र राजकुमार जातका मकैको बीउ लगाएका थिए । उनले भने, “पर्याप्त उत्पादन हुन्छ भनेर मकैको बीउ लगायौँ, डाठ कुहिने रोगले सखाप पा¥यो ।” स्थानीयवासी प्रवीन केसी, टेकबहादुर वली, शेरबहादुर वलीलगायतले साढे चार बिघा र कर्णबहादुर वलीको एक बिघाको मकैबाली नष्ट भएको छ । रोग लागेपछि मकैको डाँठ कालो हुने र कुहिँदै जान थाल्छ ।

तुलसीपुर कृषि शाखामा किसानले गुनासो गर्दैआएका छन् । समयमै माटो परीक्षण गरेर मकै लगाउँदा रोगबाट बच्न सकिने शाखा प्रमुख तिलक केसीले बताए ।