लुम्बिनी

बगेर एकको मृत्यु

तुलसीपुर । ग्यार खोलाले बगाउँदा गए राति एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका– १२ का पर्शुराम चौधरीको खोलाले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । चौधरी उच्च अदालत तुलसीपुर कार्यालयमा कार्यालय सहयोगीका रुपमा कार्यरत थिए । उनलाई आफन्तको घरबाट फर्कने क्रममा खोलाले बगाएको हो । चौधरी शव आज फेला परेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।