समाचार

डा. केसीले प्रधानमन्त्री ओलीलाई बालुवाटारै पुगेर १६ औं पटक अनशन बस्ने दिए कडा चेतावनी

काठमाण्डौ । मेडिकल सुधारका लागि १५ पटक अनशन बसिसकेका प्रा. डा. गोबिन्द केसीले आफ्ना मागहरु पुरा नभए आफु १६ औं पटक अनशन बस्न बाध्य हुने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसंगको भेटपछि पत्रकारहरुसंग कुरा गर्दै आफू ओली सरकारले जनताका मागहरु पुरा गर्ने कुरामा बिश्वस्त हुननसकेपनि आश भने नमरेको बताउदै डा. केसीले उक्त जनसरोकारका मागहरु पुरा नभए आफू १६ औं पटक अनशन बस्नुपर्ने बाधयता उत्पन्न हुने खुलस्त गरेका छन् ।

दुईतिहाई मतका प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटघाट गररेपछि निरास हुंदै डा. केसीले आफूले अनशन बस्नुपर्ने दिन आउन सक्ने संकेत दिएका छन् । उनले १६ औं अनशन बस्ने बताएपनि कहिलेदेखी बस्ने भन्ने खुलाएनन् ।

१५ औं पटक अनशन बस्दा जुम्लामा गएकाले उनलाई २२ औं दिनको आमरण अनशनको दिन सरकारले जबरजस्ती हेलिकप्टेरमा काठमाण्डौ ल्याएको थियो । प्रमुख प्रतिपक्षी दल काँग्रेसको ब्याक समर्थन पाएका डा. केसीर्ला अब १६ औं पटक अनशन बसेमा समेत काँग्रेसले समर्थन गर्ने सम्भाबना बलियो छ ।

अन्तिम पटकको अनशनमा डा. केसीले आफू नहुन सक्ने बताएपछि उनको अनशनले अन्तर्राष्ट्रिय चर्चा समेत कमाएको थियो । डा. केसीको अनशनको कमर्थनमा नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दलले निकालेको बिरोध जुलुसमा तरुण दलका अध्यक्ष जितजगं बस्नेतसहित दर्जनौ नेता कार्यकर्ता घाईते भएका थिए । सरकारले केसीको अनशनले उग्र रुप लिई सरकार समेत ढल्ने खतरा देखेपछि रातारात डा. केसीसंग सम्झौता गरेको थियो ।

बिभिन्न पार्टीका प्रधानमन्त्री भएका बेला डा. केसी अनशन बसेपनि बर्तमान कम्युनिष्ट सरकारले काँग्रेसले डा. केसीलाई प्रयोग गरेको आरोप लगाउदै आएको छ । नेकपा एमालेका नेता युवराज ज्ञवालीले त डा. गेबिन्द केसी गगन थापाका कार्यकर्ता भएको आरोप समेत लगाएका थिए ।