राजनीति

वरिष्ठ नेता पौडेलद्वारा समवेदना प्रकट

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका पुराना नेता भरत शम्शेरको निधनले आफूलाई मर्माहत बनाएको बताएका छन् ।

आज शोक वक्तव्य जारी गर्दै उनले नेपालको राजनीतिक इतिहासको एक ज्यूँदोजाग्दो, सशक्त र हक्की नेताको रुपमा राणा रहुका थिए भने ।

“नेपालको लोकतान्त्रिक आन्दोलनमा उनको ठूलो योगदान रहेको छ,” शोक वक्तव्य भनिएको छ, “काँग्रेसका एक अविस्मरणीय नेता राणाको अवसानले लोकतान्त्रिक आन्दोलनमा क्षति पुगेको छ ।”

वरिष्ठ नेता पौडेलले स्वर्गीय आत्माको चीर शान्तिको कामनासहित शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन् ।

राणाका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

२०१५ सालको पहिलो जननिर्वाचित संसद्मा प्रतिपक्षी दलका नेताका रुपमा रहनुभएका राणा गोर्खा परिषद्का महामन्त्री थिए । २०१७ पुस १ गते उनले आफ्नो पार्टीलाई निशर्त नेपाली काँग्रेसमा विलय गराएका थिए । भारतको कोलकत्तामा ९० वर्षको उमेरमा आज बिहान उनको निधन भएको थियो ।