राजनीति

०१५ सालका मन्त्री भरत शम्सेरको निधनमा काँग्रेस दुखी, श्रद्धान्जलीका लागी डाक्यो केन्द्रीय समिति बैठक

काठमाण्डौ । नेपाली कांग्रेसका नेता ९० वर्षीय भरत शम्शेर राणाको आज भारतको कोलकातामा निधन भएको छ । उनको निधनसँगै लोकतन्त्र र गणतन्त्रको पक्षमा शुरुदेखि नै संघर्षरत एक प्रखर व्यक्तित्व नेपाली कांग्रेससँगै मुलुकले गुमाएको छ, काँग्रेसले बिज्ञप्तीमा भनेको छ ।

नेपालको प्रथम संसदमा उनी गोर्खा परिषद्को नेताको हैसियतले प्रमुख प्रतिपक्षी दलको नेता थिए । वि.सं. २०१७ सालको प्रतिगामी कदमसँगै बीपी लगायतका नेता कार्यकर्तालाई गिरफ्तार गरिएपछि सो घटनाको विरुद्धमा उभिदै स्वर्गीय राणा अन्तत नेपाली कांग्रेसमै प्रवेश गरे र समयक्रममा कांग्रेसकै शीर्ष तहको एक नेताका रुपमा स्थापित समेत भए ।

त्यसपछिको आजको सम्पूर्ण जीवन प्रजातन्त्रका लागि संघर्ष र बीपी विचारधाराप्रति अर्पित गर्ने अथक योद्धाको भौतिक विदाईको यो क्षणमा नेपाली कांग्रेस उनको अविचलित निष्ठाप्रति उच्च सम्मान व्यक्त गरेको छ ।

स्वर्गीय नेता भरत शम्शेरप्रति उच्च सम्मान साथ श्रद्धाञ्जली अर्पित गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आईतबार २७ साउन विहान ९ बजे बोलाइएको छ ।