प्रदेश 1

आदिवासी जनजाति सरोकार समाजद्धारा भेटघाट तथा चियापान सम्पन्न

धरान । आदिवासी जनजाति सरोकार समाज, सुनसरीले भेटघाट तथा चियापान कार्यक्रम गरेको छ । २४औं विश्व आदिवासी दिवसको अवसरमा समाजले कार्यक्रम गरेको हो । समाजका अध्यक्ष सुजेन्द्र गोले तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव आङकाजी शेर्पाले नेपालको संविधान आदिवासी जनजाति लगायत शोषित पिडित विभिन्न जाति, समुदाय र वर्गका लागि अझै पनि अधुरो र अपुरो रहेको भन्दै संशोधन गर्नुपर्नेमा जोड दिए ।

यसका लागि सबै आदिवासी जनजातिहरु एकतावद्ध भएर संगठित भई दवावमूलक आन्दोलन जरुरी रहेको उनले बताए । समाजका अध्यक्ष तामाङले सुनसरीमा रहेका आदिवासी जनजाति अगुवाहरु र आम आदिवासी जनजाति जनताहरु र आदिवासी जनजातिजन्य संघसंस्थाहरुलाई विभिन्न गोष्ठी, सेमिनार, अन्तरक्रिया, छलफल, प्रशिक्षण आदि मार्फत सुदृढिकरण, सशक्तिकरण, सवल, सक्षम र गतिशील बनाउने तथा आदिवासी जनजातिका विभिन्न संघसंस्थाहरुलाई सहयोग र सहजिकरण गर्ने उद्देश्यले आदिवासी जनजाति सरोकार समाज गठन गरिएको बताए ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका पूर्व केन्द्रिय सचिव ध्यानी उरांव, सुनसरी अध्यक्षद्धय ङावा लप्टु शेर्पा र खम्वासिंह गुरुङ, सुनसरी उपाध्यक्ष सर्णिमहाङ फोम्वो लिम्वु, पूर्व जिल्ला सचिवहरु शुभचन्द्र राई, गजेन्द्र मुखिया सुनुवार र रवि भुजेल, पूर्व सहसचिव तेन्जिङ शेर्पा, सुनसरी सहसचिव विष्णु मोक्तान, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ सुनसरीका अध्यक्ष संगिता सुब्बा, नेपाल आदिवासी जनजाति महासंघ धरानका पूर्व अध्यक्ष कर्ण तमु, महिला महासंघका पूर्व अध्यक्षद्धय मिना पुलामी र कल्पना शेर्पा, तमु ह्यूल छोंज धींका केन्द्रिय सह–महासचिव डम्बर तमु, केन्द्रिय सदस्य कर्ण तमु गुरुङ, नेपाल मगर संघका केन्द्रीय सदस्य शारदा थापामगर, नेवा देय दवूका केन्द्रिय सल्लाहकार सरला कायस्थ, केन्द्रिय सदस्य अनिल मास्के, थारु कल्याणकारी सभाका केन्द्रिय सल्लाहकार मिलिराम चौधरी, किरात याक्थुङ चुम्लुङ सुनसरी अध्यक्ष मोहन हुक्पाचोङवाङ, नेपाल तामाङ घेदुङ सुनसरीका अध्यक्ष सुरज लामा, नेपाल शेर्पा संघका जिल्ला अध्यक्ष गेल्वु शेर्पा, नेपाल मगर संघ सुनसरी अध्यक्ष रामकुमार मगर, तमु ह्यूल छोंज धीं सुनसरीका अध्यक्ष वकसमान गुरुङ, नेवार एकता समाजका अध्यक्ष विशाल श्रेष्ठ, महिला महासंघ धरानका अध्यक्ष चन्द्रकला प्रधान, नेपाल आदिवासी जनजाति संघ सुनसरीका सभापति नन्दराज राई, नेपाल धानुक समाज सुनसरीका अध्यक्ष रामफल मण्डल धानुक लगायतको उपस्थिति रहेको थियो ।