राजनीति

कांग्रेस देशको सबैभन्दा बढी कमजोर भयो, बलियो बनाउन गोलबद्ध होऔँः वरिष्ठ नेता शाह

काठमाडौं । नेपाल विद्यार्थी संघका वरिष्ठ नेता ऋषिकेश जंग शाहले कर्णालीमा कांग्रेसलाई बलियो बनाउन आत्मीयता सहितको एकता र आत्म अनुशासन सहितको सहकार्य आवश्यक भएको बताएका छन् ।

कर्णालीका युवाहरूको एउटा कार्यक्रममा बोल्दै नेता शाहले कर्णालीमा कांग्रेस देशको सबैभन्दा बढी कमजोर भएकोले कर्णालीमा कांग्रेसलाई बलियो बनाउन कर्णालीमा क्रियाशिल नेपाल विद्यार्थी संघका साथीहरू गुट भन्दा माथी उठेर एक ठाँउमा गोल बद्ध हुनुपर्ने बताएका हुन् ।

गुटका भेला र गुटको प्रचार प्रसारले कर्णालीमा कांग्रेस माथी उठ्न नसक्ने भन्दै शाहले कर्णाली प्रदेशका नेपाल विद्यार्थी संघका साथीहरूले गुट भन्दा माथी उठेर कर्णालीमा कांग्रेस बलियो बनाउन तिर लाग्नु पर्ने बताएका छन् ।

कर्णालीबाट काठमाडौंमा उच्च शिक्षाका लागि आएका विद्यार्थीहरुलाई कांग्रेस जोड्न पनि कर्णाली प्रदेशका नेबि संघका नेताहरू शाहले आव्हान गरेका छन् । कर्णालीबाट उच्च शिक्षा लिन आएका विद्यार्थी हरु काठमाडौंमा आएर रनभुल्लमा पर्ने समस्या भएको भन्दै त्यो समस्यामा नेपाल विद्यार्थी संघ कर्णाली प्रदेशका साथीहरू गम्भीर हुनु पर्नेमा उनको जोड रहेको छ।