मनोरञ्जन

निर्माला पन्तको बलात्कारपछि हत्याको यथार्थ घटनामा आधारित सबैलाई रुवाउने गीत सार्वजनिक (हेर्नुहोस् भिडियो)

काठमाडौं । बलात्कारपछि हत्या गरिएको कञ्चनपुरको यथार्थ घटनामा आधारित गीत सार्वजनिक भएको छ । बसन्ती भट्ट, गौरव गिरी र नानु तामाङ्को स्वरमा रहेको मनै रुवाउने हृदयस्पर्शी गीत लोकप्रिय सामाजिक सञ्जाल युट्युबमार्फ सार्वजनिक गरिएको हो ।

किशोर भट्टले लेखेको ‘संगिका घर झान्झ्या श्रद्धाञ्जली पाएइ निर्माला’ बोलको गीत निकै नै भावुक बनाउन खालको रहेको छ । उक्त गीतको भिडियोलाई नवराज भट्टले सम्पादन गरेका छन् । गीतको बजाव्यवस्थापनको काम बह्मगुरु म्युजिकले गरेको छ ।

स्थानिय भाषामा बनाईएको गीतलाई प्रदेश नं. ७ मात्रै नभएर देशैभरीबाट राम्रो प्रतिक्रिया मिलिरहेको छ । यो समाचार तयार पार्दासम्म गीतलाई करिब १० हजार पटक हेरिएको छ । उक्त गीतको भिडियोले ५ सयको हाराहारीमा लाईक पाएको छ । उक्त गीतमा आएका सबै एक सय प्रतिक्रिया निकै नै भावुक अनि गीत निर्माण पक्षको प्रशंसामा केन्द्रित छन् ।

साउन १२ गते कञ्चनपुरको भीमदत्त नगरपालिका– १८ निम्बुखेडामा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि विभत्स हत्या भएको थियो ।

हेर्नुहोस् भिडियो:-