साहित्य

आचार्यको अप्रिल फुल उपन्यास बिमोचनको अन्तिम तयारीमा

काठमाण्डौ । पत्रकार  कृष्ण आचार्यको उपन्यास ‘अप्रिल फुल’ अन्ततः दसैंअघि नै बजारमा आउने भएको छ । प्रकाशन हुनुअघि नै चर्चामा रहेको उपन्यास भदौमा विमोचन गर्ने अन्तिम तयारीमा रहेको उपनयासका लेखक आचार्यले जानकारी बताए ।

-उपन्यासका लेखक आचार्य

युवा प्रेमलाई केन्द्रमा राखेर तयार पारिएको उपन्यासले वर्तमान युवा पुस्ताको मन–मस्तिष्क बोलेको लेखकको दाबी छ । उनी भन्छन्, ‘आख्यान भए पनि वर्तमान अवस्थामा समाज वरपर रहेको घटनाक्रमलाई उपन्यासमा उठान गरिएको छ । पढ्दा सबैले आफूले भोगेका र देख्दै आएका कुरालाई महसुस गर्नेछन् ।’ छोराछोरीको इच्छा, चाहना, आवश्यकता र मनोविज्ञान बुझ्न बाबु–आमाका लागि पनि उपन्यास पठनीय रहेको लेखकले बताए ।
एक दशकदेखि पत्रकारिता गर्दै आएका लेखक आचार्यले विभिन्न संचार माध्यममा कथाहरु लेख्दै आएका छन् । छोटो समयमा नै सामाजिक संजालमा राम्रो फलोअर्स कमाएका आचार्य बिभिन्न संचारमाद्यम हुंदै हाल नयाँ पत्रिका दैनिकमा उप–सम्पादकको रुपमा कार्यरत छन् ।

प्रेम कथामा आधारित उपन्यासका लेखक आचार्यको लेखन क्षेत्रमा राम्रो दख्खल राख्ने  सम्भाबना देखिन्छ ।