खेलकुद

त्रियोग र युनिभर्सलको जित

काठमाडौं । त्रियोग र युनिभर्सिलले दोश्रो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ शुक्रबार जित हात पारेका छन् ।
त्रियोगले स्किब्सलाई ४३–३५ ले पराजित ग¥यो । त्रियोगको जितमा उमंग उप्रेतीले १६ अंक योगदान गरे । सुशान्त श्रेष्ठको १० अंक सहयोगमा युनिभर्सलले बुद्ध एकेडेमीलाई ३४–३३ को साँघुरो अन्तरले हरायो ।
ब्वाइजमै ग्रीनल्यान्डले गोल्डेनपिकलाई ४७–४५, ज्ञाननिकेतनले चाँदबागलाई ४७–२७ तथा स्काइलार्कले लुनारलाई ४४–२५ ले पन्छाए । ग्रीनल्यान्डका राजिव आलेले ३४, ज्ञाननिकेतनका सम्राट भूमिले १७ र स्काइलार्कका सुजन गुरुङले १४ अंक जोडे ।
गल्र्समा डिफेन्डिङ च्याम्पियन ह्यापी हिमालयन चाइल्ड एकेडेमी (एचएचसीए) ले ग्रीनल्यान्डलाई २७–२०, चाँदबागले न्यु समिटलाई २४–१२ तथा त्रियोगले आयोजक काठमाडौं विद्या कुञ्ज सेकेन्डरी स्कुल (केभीकेएसएस) लाई १८–१० ले निराश पारे । एचएचसीएकी अनिता सुनुवारले १६, चाँदबागकी अदिती गुरुङले ८ र त्रियोगकी प्राथना कार्कीले ८ स्कोर गरे ।