पु.समाचार

सकारात्मक चिन्तनले समाज रुपान्तरण हुन्छ : सभामुख

काठमाडौँ । सभामुख कृष्णबहादुर महराले सकारात्मक सोच एवं चिन्तनले नै समाज रुपान्तरण गर्न सकिने बताए । ब्रह्मकुमारी राजयोग सेवा केन्द्रद्वारा आज यहाँ आयोजित ‘नेतृत्व वर्गमा राजनीतिक सद्भावका लागि सकारात्मक चिन्तन’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले नकारात्मकभन्दा पनि सकारात्मक सोचले समाज रुपमान्तरण गर्नुपर्छ भने ।

उनले भने, “म भौतिकवादमा विश्वास गर्छु, अध्यात्मवादको पनि अध्ययन गर्न थालेको छु । समाजलाई अगाडि बढाउन यी दुवै वादका भूमिका आ–आफ्नै रहन्छ ।”

विशेष गरी राजनीतिक नेतृत्वले सबै विचार सुन्नुपर्छ भन्दै सभामुख महराले समाजलाई सही मार्गमा लैजान आशावादी हुनुपर्ने बताए ।

राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहालले आफ्नो घरमा बेदको पुस्तक भए पनि तत्कालीन समयमा अध्ययन गर्न नपाएको चर्चा गर्दै समाजलाई सकारात्मक भावनाले मात्र अगाडि बढाउन सकिने धारणा राखे । उनले समाजलाई लागू पदार्थमुक्त बनाउने अभियानमा सेवाकेन्द्र अहंभूमिका निर्वाह गरेको चर्चा गरे ।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले अध्यात्मिक चिन्तनलाई अगाडि बढाउन ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले महत्वपूर्ण योगदान पु¥याएको बताए ।

सेवा केन्द्रका नेपाल प्रमुख राजदिदी, राजयोगिनी आशा र रामसिंह ऐरले सकारात्मक चिन्तनले नै समाजमा शान्ति कायम गर्न सकिने बताए ।