समाचार

कार्यविधिमा सर्वसम्मत

काठमाडौँ । राष्ट्रियसभाअन्तर्गत विधायन समितिले वैठक सञ्चालनसम्बन्धी कार्यविधि २०७५ पारित गरेको छ । दुई दिनको बहस र छलफलपछि आजको बैठकले सर्वसम्मतरुपमा आन्तरिक कार्यविधि पारित गरेको समितिका सदस्य जीतेन्द्रनारायण देवले जानकारी दिए ।

समितिको कार्यक्षेत्रमा विधेयकमाथि छलफल, विधेयक व्यवस्थापन, ऐन कार्यान्वयन मापन र अध्ययन एवं अनुसन्धान रहेको छ ।

समितिको आगामी आइतबार बस्ने बैठकमा प्रशासकीय अदालतसम्बन्धी विधेयकमाथि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका पदाधिकारीसँग छलफल हुने कार्यसूची छ ।