मनोरञ्जन

सञ्चारकर्मी कल्पना भण्डारीको तीज गीतको एल्बम सार्वजनिक

काठमाडौँ । सञ्चारकर्मी कल्पना भण्डारीको तीज गीतको एल्बम ‘अहिलेको तीजैमा, आँखा गयो नयाँ चिजैमा’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतको म्युजिक भिडियोमा सञ्चारकर्मीले भण्डारी अभिनयमा समेत भूमिका निर्वाह गरेकी छिन् ।

विपीन किरणको शब्द र श्रीकृष्ण बम मल्लको संगीत रहेको उक्त गीत किरण क्रियशनले बजारमा ल्याएको हो । रामकुमार केसीको छायाङ्कन र राज महर्जनको कोरियोग्राफी रहेको उक्त गीतको म्यूजिक भिडियो सम्पादन तथा निर्देशन भने टेकेन्द्र शाहले गरेका हुन् । भण्डारी झण्डै डेढ दशकदेखि नेपाली टेलिभिजन पत्रकारितामा सक्रिय छन् ।