अन्तर्राष्ट्रिय

एकै महिनामा १८ हजार आप्रवासी विदेशमा

याङ्गुन । म्यानमारका अधिकारीहरुले एकै महिनामा १८ हजार ९५४ भन्दा बढीलाई विदेशमा काम गर्न जाने अनुमति दिएको राज्यद्वारा सञ्चालित अखबार मिररले जनाएको छ ।
यस अवधिमा १६ हजार ३०७ कामदार छिमेकी देश थाइल्याडमा, १ हजार ८७१ जना मलेसियामा, ४३६ जना जापानमा र अरु बाँकी दक्षिण कोरिया, सिङ्गापुर, जोर्डन र संयुक्त अरब इमिरेट्स (युएई) पुगेका छन् ।
यद्यपी गत महिना म्यानमारको विभिन्न क्षेत्र र राज्यमा २३ हजारभन्दा बढी व्यक्तिलाई स्थानीय रोजगारको अवसर दिलाइएको थियो ।
म्यान्मारको श्रम, आप्रवासन तथा जनसंख्या मन्त्रालयले स्थानीय र वैदेशिक रोजगारको अवसर र व्यवस्थापन गरिआएको छ ।