गण्डकी प्रदेश

बाढी पीडितलार्ई घर हस्तान्तरण

पोखरा । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन कास्कीले बाढीपीडित दुई परिवारलाई घर हस्तान्तरण गरेको छ ।

विस। २०७४ साउन २४ गते आएको बाढीले घरबारविहीन बनेका माछापुच्छे गाउँपालिका –५ रिभानका कमला परियार र डम्बरबहादुर परियारलाई तीन कोठे घर हस्तान्तरण गरिएको हो । गाउँपालिकाको रु पाँच लाख र विद्यार्थीले संकलन गरेको रु चार लाख ४७ हजार ६०० गरी कूल रु नौ लाख ४७ हजार ६०० को लागतमा घरनिर्माण गरिएको अनेरास्ववियु भूगोल जिल्ला कमिटी अध्यक्ष शेखर गौतमले जानकारी दिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीका नेता विष्णु केसीले निर्माण सम्पन्न भएको घर हस्तान्तरण गर्दै विपदमा परेका परिवारलाई विद्यार्थीको सक्रियतामा निर्माण गरिएको घरले पीडित परिवारलाई राहत मिलेको बताए।