काठमाडौं । असोज १२ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र कथा काठामाडौँको दोस्रो गीत सार्वजनिक भएको छ । ‘जुन अनि तारा’ बोलको गीत बिहिबार लोकप्रिय सामाजिक सञ्जाल युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
सुगम पोखरेलको स्वरमा रहेको उक्त गीतमा चलचित्रका मुख्य कलाकारहरुलाई नै फिचरिङ् गरिएको छ । विजय राईको लगानी रहेको चलचित्रलाई संगीता श्रेष्ठले निर्देशन गरेकी छन् ।
उक्त चलचित्रमा चर्चित नायिका प्रियङ्का कार्की, प्रमोद अग्रहरी, सन्जोग कोइराला, सन्ध्या जोशी, आयुष्मान देशराज जोशी लगायत कलाकारहरुले अभिनय गरेका छन् ।
हेर्नुहोस् गीतको भिडियोः–