प्रदेश 1

‘जनार्दन मैनाली’ पत्रकारिता पुरस्कार लम्साललाई

उर्लाबारी, मोरङ । प्रेस चौतारी मोरङले प्रदान गर्दै आएको ‘जनार्दन मैनाली’ स्मृति पत्रकारिता पुरस्कार यस वर्ष विराटनगरका पत्रकार गणेश लम्साललाई प्रदान गरिने भएको छ ।

चौतारीको आज बेलबारीमा बसेको कार्यसमिति बैठकले प्रत्येक वर्ष एक जना सक्रिय पत्रकारका लागि प्रदान गरिने सो पुरस्कार यो वर्ष लम्साललाई प्रदान गरिने निर्णय भएको उपाध्यक्ष केदार चौहानले जानकारी दिए ।

पत्रकार लम्साल नयाँपत्रिका दैनिकमा कार्यरत छन् । भदौको पहिलो हप्ता एक कार्यक्रमको आयोजना गरी प्रदान गरिने सो पुरस्कारको राशि रु १५ हजार छ । सो पुरस्कार नौ वर्षअघि स्थापना भएको हो ।