राजनीति

नेकपाको प्रधान कार्यालय धुम्बाराहीमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको प्रधान कार्यालय धुम्बाराहीमा रहने भएको छ । बिहिबार बसेको पार्टीको सचिवालय बैठकले प्रधान कार्यालय धुम्बाराही राख्ने निर्णय गरेको हो । यसअघि पार्टीको कार्यालय नतोकिदा नेता तथा कार्यकर्तामा अन्यौलता सिर्जना भएको थियो ।

पेरिसडाडामा रहेको तत्कालिन माओवादी केन्द्रको कार्यालयलाई जनवर्गीय संगठनको कार्यालय राख्ने निर्णय समेत नेकपाको आजको बैठकले गरेको छ ।

धुम्बाराहीमा रहेको उक्त कार्यालय पहिला तत्कालिन एमालेको केन्द्रिय कार्यालय थियो ।