विचार/ब्लग

बिशालको विप्लवलाई चिठी, “युवाहरुको आशा भनेको तपाइ होइन, तपाइको बिचार हो !”

आदरणीय कमरेड विप्लव जुझारु रातो सलाम !

हामी घाम पर्खेर बस्ने मान्छे अलिकती कुहिरो फाटेपनि खुशीनै लाग्छ जाबो कुहिरो फाट्दै नफाटेपनि खुशीनै लाग्छ ।

हामी कुनैपनि कालखन्डमा गल्दैनौ हामी किन गल्ने ? नेपालीमा उखान छ चरेस खानु हरेस नखानु तर हामी दुइटै कुरा खाँदैनौ न चरेस खान्छौ न हरेस खान्छौ, खोल भित्रको परिवर्तन कसरी स्विकार गर्ने ?

कमरेड, यो कुनै जिम्वेवारी होइन जसको हामी संग लगाव रहेको छ भन्नुस् । हामी सबै क्रान्तिकारी क्रान्तिप्रति जबाफदेही छौ । हामी सबैको जिम्वेवारी छ कि हामी आफ्नो समग्र उच्च क्षमताको साथ क्रान्तिकारी आन्दोलनको समर्थन गर्नु विचार आदान प्रदान पीडितहरुको उद्दार सेवा सहयोग गर्नु !

हामी यो जिमेवारी, यसको परिणाम र यो संग जोडिएका खतराहरुको पनि आभाष गर्न सक्छौ कमरेड । हामी २४ बर्ष देखि लामो समयबाट भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवाद एबं नेपाली कथित् नपुङ्सक लेन्डुपे दलाली तस्कर शक्तिको उपस्थितिलाई राम्ररी अनुभब गरिसकेका छौ ।
यस पटक त हामि झनै प्रस्ट भएका छौ । साथै यो कुरा पनि बुझिसकेका छौ कि यहाँ कुन तरिकाले आमनेपाली जनताको शोषण गरिने गर्छ र कसरी उपनिवेश बनाइदैछ ।

क्रान्ति विना परिवर्तन रत्तिभर सम्भब छैन यही क्रान्तिलाई भुत देख्ने एउटा जमात पनि छ तर हामीलाई यो पनि थाहा छ, क्रिया प्रतिक्रिया हुनु बस्तु माथिको गतिशीलता हो हामीलाई केहि फरक पर्ने छैन ! फेरी पनि परिवर्तन चाहाने युवाहरुको आशा भनेको तपाइ व्यक्ति होइन, तपाइको क्रान्तिकारी बिचार हो !

हामी यी विद्यमान खतराहरुको बीचबाट अघि बढ्ने छौ । अघी बढी रहेका छौ ! साथै लगातार क्रान्तिको दायित्वलाई निभाउदै जानेछौ । यो कर्तव्यलाई पुरा गर्नु हाम्रो जिम्बेवारी छ कमरेड !

कमरेड बिप्लव !

आदर्श विचार भाबना प्रति अत्याधिक सम्मान पनि । यो सम्मान स्वतन्त्रत्रता र आमनेपाली जनताको प्रति हो । त्यो सच्चा स्वतन्त्रता हो, जो हामीलाई जंजिरले कस्न चाहन्छन, उनको हैन बरु ति व्यक्तिको स्वतन्त्रता हो! जसले गुलामीको जंजिरको बिरुद्ध बन्दुक उठाएका छन् कमरेड !

कमरेड मेरो विचार यो छ कि हामी आफ्नो अभियान र दायित्वलाई पूर्णतया पुरा गर्दैछौ । यही बिषयमा यो सन्दर्भ पनि जोडिन्छ कि एक्लोपनको शिकार यो क्रान्तिकारी मैदानको सानो कोठाबाट पत्र लेख्नु र अरुलाई आफ्नो विचार बताउनु चानचुने कुरा होइन कमरेड !
सामान्य र बुद्दिमानी ढंगले हामी जे जे गरिरहेका छौ,त्यो प्रति म सकरात्मक छु । मेरो मान्यता यो छ कि हामी क्रान्तिकारी संघर्षको मैदानमा जे जस्तो गर्दैछौ,त्यो महत्वपूर्ण र उत्कृष्ठ छ । म यो अनुपस्थितिका कारण कटुताको आभास गर्ने गर्छु जसले गर्दा आमनेपाली जनताहरुको मुक्तिका लागि हाम्रो इच्छा शक्तिमा बृद्दि भएको छ । अब मलाई तिब्र इच्छा हुदैछ कि जति चाँडो हुन सक्छ म नेपाली भूमिमा जस्तो सुकै संघर्षको सामना गर्न वाध्य हुनेछु । म एकचोटी फेरी बाचा गर्दछु कि यदि हाम्रो यो इच्छा पुरा हुन सकेन भने म एक्लै भएको भएपनि तपाई मलाई एक डुंगामा देख्नुहुनेछ जुन कुनै किनारमा रोकिने छ र त्यहाँ मेरो हातमा राइफल हुनेछ……!!!!!

बाकी कुरा भेटमा गरौला लालसलाम !!!