राजनीति

शोक प्रकट

काठमाडौँ । विवेकशील साझा पार्टीको केन्द्रीय समितिको बैठकले पार्टी संयोजक रवीन्द्र मिश्रका पिता मनुजबाबु मिश्रको असामयिक निधनमा शोक प्रकट गर्दै दिवङ्गत आत्माको चीरशान्तिको कामना गरेको छ । पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले स्व.मनुजबाबु सम्झनामा एक मिनेट मौनधारणा गरी शोकप्रस्ताव पारित गरेको छ ।

वरिष्ठ चित्रकार एवं लेखक मिश्रको बुधबार बौद्ध महाङ्कालस्थित आफ्नै निवासमा ८२ वर्षको उमेरमा निधन भएको थियो । पार्टीद्वारा जारी विज्ञप्तिमा दृढ निश्चयी र स्वाभिमानी व्यक्तित्वका धनी मिश्रको निधनले नेपालको चित्रकारिता र लेखनको क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाइएको छ । स्व मिश्रकी धर्मपत्नी रमला, दुई छोरी (निर्मला आचार्य र डा मञ्जु मिश्र) र दुई छोरा (रवीन्द्र र रोशन) छन् ।