समाचार

ड्रग्ससहित ईन्द्रजित समातिए

काठमाडौं । लागूऔषध सहित १ जना समातिएका छन् । बिहिबार लागु औषध निट्राभेटसहित उनलाई पर्साबाट नियन्त्रणमा लिईएको हो । साधन तथा पैदल यात्री समेतको चेकजाँच गर्ने क्रममा काभ्रे चौरी देउराली गाउँपालिकाका ४२ बर्षीय ईन्द्रजित लामालाई प्रक्राउ गरिएको छ ।

उनको साथबाट १ सय ५ बढी लागूऔषध ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ । उनको नाममा मुद्धा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अगाडी बढाईएको छ ।