समाचार

दाइजो लिने, दिने र बहुविवाह गर्नेलाई जेल कोचिने, शारीरिक सम्पर्कबाट बच्चा जन्मिए स्वतः विवाह भएको मानिने

काठमाडौं । दाईजो दिने र बहुविवाह गर्ने बारे नयाँ कडा कानुन बन्ने भएको छ । दाईजो नल्याएको निहुँमा बर्षेनि हजारौँ महिलाहरु पिडित भएका घटनालाई मध्यनजर गर्दै सरकारले आउदोँ भाद्र १ गतेदेखि नयाँ कानुन ल्याउन लागेको हो ।

भदौ १ गतेदेखि लागू हुने मुलुकी अपराध (संहिता) ऐन २०७४ लागू भएपछि दाइजो तथा बहुविवाहको निहुमा दुःख दिनेलाई कडा भन्दा कडा कारवाही हुने भएको छ ।

ऐनको दफा १७४ को उपदफा १ मा सामान्य उपहार, भेटी, दक्षिणा वा शरीरमा लगाएको एकसरो गहना बाहेक विवाहमा दुलाहा वा दुलही पक्षबाट कुनै पनि चल अचल सम्पत्ति, दाइजो माग गर्न र लेनदेनको शर्त राखी विवाह गर्न नहुने व्यवस्था गरिएको छ । दाईजो लिने र दिनेलाई ३ बर्ष कैदर ३० हजार जरिवाना अथवा दुवै सजाय हुन सक्ने व्यवस्था गरिएको छ ।

२ अथवा सो भन्दा बढी विवाह गरे श्रीमती अथवा श्रीमानलाइ ५ बर्ष कैद वा ५० हजार रुपियाँ अथवा दुवै सजाय हुनसक्ने व्यवस्था गरिएको छ । यस्तै उक्त संहितामा २० बर्ष नपुग्दैँ विवाह गरे ३ बर्षसम्म कैद हुन सक्ने व्यवस्था गरिएको छ । विवाह गर्ने र गराउनेलाई कम्तीमा पनि ३ बर्ष कैद अथवा ३० हजारसम्म जरिवाना अथवा दुवै सजाय हुन सक्ने व्यवस्था गरिएको छ ।

मुलुकी देवानी (संहिता) ऐन २०७४ मा अवैध सम्बन्धबाट शिशु जन्मेमा त्यस्तो माहिला र पुरुषको विवाह गरिदिने अथवा स्वतः विवाह भएको मानिने उल्लेख छ ।

भदौ १ देखि लागू हुने मुलुकी अपराध (संहिता) ऐनमा हाडनाता विवाहलाई भने मान्यता दिईएको छ । यस्तै, नयाँ मुलुकी ऐनले विदेशमा विवाह गरिए सोको दर्ता प्रमाणपत्र सम्बन्धित देशको दुतावासकबाट लिनुपर्ने लेखेको छ ।

नयाँ मुलुकी ऐन आएपछि दाईजोप्रथा र बहुविवाह लगायतका घटना घट्ने अनुमान लगाउन सकिन्छ ।