आर्थिक

जनताको अन्तर्राष्ट्रीय रेमिट्यान्स सेवा सञ्चालनमा

काठमाडौं । ‘‘जनताबैंक नेपालीजनताको बैंक’’भन्ने नारालाई आत्मसाथ गरी अनवरत रुपले नेपाली जनताको घरदैलोमा बैकिङ्ग सेवा पु¥याउदै आएको यस जनता बैंक नेपालले इन्टरनेशनल रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएको छ । ‘‘जनता रेमिट’’मार्फत अब देखि विदेशमा रहेका ग्राहकहरुले समेत सहजैजनता रेमिटबाट रेमिट्यान्स सेवा उपयोग गर्न सक्नेछन् ।

बेक्स मनी बहराइनएक्स्प्रेस एक्स्चेन्ज, बहराइन र जनता बैंक नेपाल बिच हालै भएको संझौता अनुसार अब बहराइनमा रहेका नेपालीहरुले जनता रेमिट मार्फत सुलभ रुपमा आफ्नो कमाई आफ्नो आफन्तलाई अथवा सिधै जनता बैंकमा रहेको खातामा पठाउन सक्नेछन् ।

खाताबाट कारोवार गर्नको लागि बेक्स मनी बहराइनमा रहेको कुनै पनि शाखामा सम्पर्क गरीे जनता बैंकमा खाता खोल्न र चेक बुक तथा एटिएम कार्ड प्राप्त गरी करोवार गर्न सक्नेछन् ।

बहराइनबाट जनता रेमिटमार्फत पठाइएको रकम देशभरी रहेका जनता बैंकको १२१ शाखाको अतिरिक्तकरिव १६ हजारको संख्यामा छरिएका सम्सारा रेमिट, आईपे रेमिट, बूम रेमिट, जिएमई रेमिट र सेवा रेमिटबाट समेत भुक्तानी लिन सक्नेछन् ।

जनता रेमिट सेवा निकट भविष्यमै भारत, मलेशिया, जापान, कुवेत, कतार, ओमान र यूएई बाट समेत सुरु गरिने बताईएको छ ।

जनता बैंकले देश भरीमा १२१ शाखासञ्जाल, ४० शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ७० एटिएमबाट सरल र सहज रुपमा बैकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकको हाल रु. ५९ अर्ब ३१ करोड निक्षेप र रु. ५४ अर्ब ४४ करोड कर्जा कारोवार रहेको छ ।