पु.समाचार

निशान हत्या र इन्काउन्टर प्रकरणबारे गृहमन्त्रीले मुख खोले

काठमाडौं । गृहमन्त्री राम बहादुर थापा बादलले राजधानीको काडाँघारीको भएको बालक हत्या प्रकरण र प्रहरी ईन्काउन्टरबारे मुख खोलेका छन् । गृहमन्त्री थापाले काठमाडौंको काडाघारीमा बालकको अपहरणपछि हत्या र अपहरणकारीको इन्काउण्टरबारे सरकारले चाडैँ नै आधिकारीक धारण सार्वजनिक गर्ने बताएका हुन् ।

समितिको बैठकमा सांसद देवेन्द्रराज कँडेलले काँडाघारी भएको घटनाबारे सरकारको ध्यानाकर्षण गराएका थिए ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बिहिबार बोल्दैँ उनले उक्त घटनाको गहिराईमा रहेर सरकारले छानविन गरिरहेको र जतिसक्दो चाडोँ घटनाको वास्तविकता बाहिर ल्याएको बताए ।

सांसद झपड रावलले सीमा क्षेत्रमा भारतले सिमा मिचेर विकास निर्माणका काम अघि बढाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । गृहमन्त्री थापाले भारतले अनाधिकृत रुपमा बाँध निर्माण गरिरहेको बारेपनि चाडैँ आधिकारिक धारण बाहिर ल्याउने बताए ।