सामाजिक सञ्जाल

मार्सी चामलको भात खाएपछि दिसा गर्ने ट्वाईलेट कस्तो हुनुपर्छ ? थाहा पाउनुस् !

काठमाडौं । मार्सी चामलको भात खुवाउने ब्यापारी र करोडौंको घरमा सित्थै बस्न दिने ठेकेदार एउटा रेष्टुरेन्टमा खाना खाँदै थिए । मिठा मिठा परिकारको साथमा उनिहरु आफ्नो सम्पतीको धक्कु लगाउन थालेछन् ।

ब्यापारी : मेरो घरको बाथरुम नै १५ लाख रुपैंयाको छ ।

ठेकेदार : मेरो त बाथरुमको कमोड मात्रै २० लाखको छ ।

(उनिहरुको फुर्ती सुनेरे वेटरलाई खपि नसक्नु भएछ)

वेटर : हजुरहरुकोभन्दा मेरो ट्वाईलेट महँगा छ, ५ करोडको ।

दुबै : (जिब्रो टोक्दै) हँ, कसरी ?

वेटर : गाउँमा हामी जहाँ दिसा गर्न जान्छौं, त्यो जग्गा नै कठ्ठाको ५ करोड रुपैंया छ । त्यस्ता कठ्ठा पनि हामी दिनैपिच्छे फेरी फेरी दिसा बस्ने गछौं ! (ब्यापारी र ठेकेदार स्यान्टिफ्लाँट )

-हास्यकलाकार मनोज गजुरेलको व्यक्तीगत वेवबाट