समाचार

विकासको गति बढाउन सुझाव

चितवन । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले विकास निर्माणको गति बढाउन सरकारलाई सुझाव दिए ।
आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आम रुपमा सरकारको विकासको गति अझै बढे हुन्थ्यो भन्ने छ, भने । सरकारको कामप्रति राष्ट्रियसभा सन्तुष्ट रहेको र विधेयकहरु चाँडो ल्याउन अध्यक्ष तिमिल्सिनाले सरकारलाई आग्रह गरे । उनले भने, “केही विधेयकहरु समय सीमाको हिसाबले असोज दुई गतेभित्र आइसक्नुपर्ने हुन्छ । त्यसका लागि सरकारलाई घच्घच्याइरहेका छौँ ।”

राष्ट्रियसभामा अहिले दुईवटा विधेयक टेबुल भएको र समय सीमा भित्रमा विधेयकहरु पारित हुने उनले बताए। उनले देशमा शान्तिसुरक्षा कायम हुनुपर्ने तथा सबैले आफ्नो पेशा, व्यवसाय निर्बाध रुपमा गर्न पाउनुपर्ने बताए। कुनै पनि समस्या विधि र कानूनसम्मत ढङ्गबाट समाधान गर्नुपर्ने उनको भनाइ थियो ।