आर्थिक

४० हजारभन्दा बढीले जिते रिचार्ज

काठमाडौं । स्प्राइट रिफ्रेस बनायो, रिर्चाज गरायो योजना उपभोक्तामाझ उत्साहका साथ चलिरहेको छ । उक्त योजना साउन २ गते देखि सुरुभएको हो र हालसम्म ४४ हजार भन्दा माथि उपभोक्ताहरु यस क्याम्पेनमा सहभागी भई रिर्चाज जिती सकेका छन् । उक्त उल्लेखनिय संख्यामा भएको समावेशले उपभोक्ताहरुले रु ७,३०,००० बराबरको टक टाइम जित्न सफल भइसकेका छन् । ‘स्प्राइट रिफ्रेस बनायो, रिर्चाज गराया’े योजना अन्तर्गत उपभोत्ताले रु १० देखि रु ५००० सम्मको टक टाइम जित्न सक्नेछन् ।

यो योजना अन्तर्गत यो हफ्ता मात्र सातदोबाटो निवासी सपना सुब्बा, बुटवलकी सिता कर्मा, डल्लुकी नबिना नेपाली, सुकेधारका राज कुमार कार्की र गोकर्णकी निम ल्हामु शेर्पाले रु ५००० बराबरको टक टाइम जिती सक्नु भएको छ ।

यी मध्ये एक बिजेताले भन्नुभयो ‘मैले यो योजनाको बारेमा मेरो साथिबाट सुनेको थिए । उसले पनि यो योजनामा रिर्चाज जिति सकेको रहेछ । सपिङ गर्ने क्रममा स्प्राइट र कोकको बोटलमा रहेको लेबलमा यो योजनको बारेमा देखेको हुँ । लेबलमा रहेको कोड एसएमएस गरेर घर पुग्दा ५ हजारको टक टाइम जितेको म्यासेज आयो ।

यो योजना ५०० एमएल, १ लिटर, १.५लिटर र २.२५ लिटरका स्प्राइट, कोक तथा फ्यान्टाका बोतलमा लागु हुनेछ । यो योजनामा सहभागी हुन ग्राहकले स्प्राइट, कोक तथा फ्यान्टा गरिद गरि लेवल पछाडिको युनिक कोडलाई टाईप गरि ३६७६८ मा एसएमएस गर्नुपर्ने छ । यो योजना भाद्र १५ गतेसम्म लागु हुनेछ । नियम तथा सर्तहरू लागू हुने जनाईएको छ ।