सामाजिक सञ्जाल

गजलः अनुराग तिम्रो अघि क्या लाचारी छ चित्त बुझ्दैन !

काठमाडौं । नवगजलकार बिजय कुमार शाह ‘अनुराग’ का गजलहरु पछिल्लो समय दर्शकले खुबै मन पराउन थालेका छन् । ‘अनुराग’ सामाजिक सञ्जाल फेसबुकमार्फत गजलकारको रुपमा आफूलाई स्थापित गर्ने दौडमा छन् ।

दर्शकहरुले उनका गजलहरु औँधी मन परेको प्रतिक्रिया दिन थालेका छन् । उनी हरेक दिनको साझँ आफ्नो फेसबुक टाइमलाइनमा एउटा नयाँ गजल सार्वजनिक गर्दै आएका छन् । रुकुमका अनुराग हाल राजधानीमा बस्दैँ आएका छन् ।

यस्तो छ अनुरागले आफ्नो फेसुबक टाइमलाइनमा बुधबार सार्वजनिक गरेको गजलः–

जिन्दगी भित्र आफ्नै जिन्दगी छ चित्त बुझ्दैन।
आजपनि दिलमा उसकैको कमि छ चित्त बुझ्दैन।
**********
दुश्मनलाई समस्या परेपनी हाजिर हुन आइपुग्छ।
मेरो एउटा मित्र त क्या बुझकी छ चित्त बुझ्दैन।
**********
हिजो याद जति मलाई जिम्मा लगाई गएको हो।
आजपनि उसैलाई सम्झिने बानी छ चित्त बुझ्दैन।
*********
बिरामी पर्दा सहयोग गर्ने कोहि छैन बा भन्नुहुन्छ।
भएको एउटा सन्तान पनि खाडी छ चित्त बुझ्दैन।
*********
अर्कैकी भएर गएपनी आफ्नै जस्तो लाग्छ तिमी।
अनुराग तिम्रो अघि क्या लाचारी छ चित्त बुझ्दैन।
*********