राजनीति

समयसिमा भित्रै महाधिवेशन गर्न सकिने आधार पेश गर्न नेविसंघलाई पार्टीको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको भातृ संस्था नेपाल विद्यार्थी संघलाई महाधिवेशन सम्पन्न गर्न सकिने आधार सहितको कार्ययोजना भाद्र २ भित्र पेश गर्न निर्देशन जारी गरेको छ ।

नेपाल विद्यार्थी संघको आन्तरिक संगठन र महाधिवेशनलाई सहजीकरण गर्न कांग्रेसद्वारा गठन गरिएको संयन्त्रको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठक पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा बसेको थियो ।

नेपाल विद्यार्थी संघको विधान अनुसार निर्वाचित भएको मितिले आउदोँ भाद्र २ केन्द्रीय कार्यसमितिको कार्यकाल सकिदैँछ । यस बिचमा अधिवेशन हुन सक्ने गरि प्रर्याप्त तयारी नभएको बैठकले जनाएको छ । विधानमा उल्लेखित प्रावधान अनुसार विशेष परिस्थितिमा महाधिवेसन तीन महिना थप गर्न सकिने व्यवस्था गरिएको छ ।

विज्ञप्तीः–