अन्तर्राष्ट्रिय

कोलोम्बिया नयाँ राष्ट्रपति इभानद्वारा सपथग्रहण

बोगोटा । कोलोम्बियामा राष्ट्रपतिमा नियुक्ति भएका इभान डुकेले मङ्गलबार आफ्नो पदको शपथग्रहण गरेका छन् । उनले पूर्व राष्ट्रपति हुँआ म्यानुएल सन्तोसलाई प्रतिस्थापन गर्नु भएको हो । ४२ वर्षीय राष्ट्रपति डुकेले दिएको पहिलो सम्बोधनमा सान्तोस प्रशासनले सुरु गरेको मुलुकको दोस्रो ठूलो विद्रोही समूह ‘नेसनल लिबेरेसन आर्मी (इएलएन)’ सँगको शान्ति प्रक्रियालाई पूरा गरिने बाचा गरेका छन् ।

इएलएन देशको दोस्रो ठूलो गुरिल्ला समूह हो । इभान कन्जरभेटिभ डेमोक्राटिक सेन्टर पार्टीआवद्ध छन् । पहिलो ३० दिनमा इएलएनसँग शान्ति प्रक्रियाको कार्यलाई नै अगाडि लगिने उनले बताए ।

त्यसैगरी देशको सुर।क्षा र आर्थिक व्यवस्थालाई बलियो बनाउने पनि उनले बताए । लगानीलाई प्रोत्साहित गर्ने र प्रतिस्पर्धामा जाने पनि उनले थप जानकारी दिए । उनले कोलोम्बियामा सूक्ष्म, साना, मध्यम र ठूला कम्पनीहरुको स्थापना गरी यसबाट गुणस्तरीय रोजगारी सिर्जना गर्ने विश्वास व्यक्त गरे।