राजनीति

प्रकाण्डलाई हतकडी लागेको केही घण्टा नबित्दैँ विप्लबको यस्तो हुँकारः केपी र पिके सरकारको भण्डाफोर गर्छौ

काठमाडौं । नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्ड गिरफ्तार परेको केही घण्टा नबित्दैँ आन्दोलनका कार्यक्रम अघि सारेको छ । केही बेर अघि एक विज्ञप्ती जारी गर्दै विप्लबले कडा शब्दमा निन्दा र भत्र्यना गर्दै विरोध जनाएका हुन् ।

मंगलबार राति साढे सातबजे प्रकाण्डसहित हरिशचन्द्र आचार्य र मिनबहादुर श्रेष्ठलाई बिना कारण केपी-प्रचण्ड सरकारले गिरफ्तार गरेको भन्दै महासचिव विप्लब आक्रोशित बनेका छन् ।

उनले सम्पूर्ण राजनीतिक मूल्य मान्यतालाई मिच्दै ओली(प्रचण्ड सरकारले कायरतापूर्ण गिरफ्तारी गरेको भन्दै गम्भीर आपत्ति जनाएका छन् । ‘हाम्रो पार्टी राजनीतिक विचारका आधारमा गरिएको गिरफ्तारी बन्द गर्न, गिरफ्तार कमरेड प्रवक्ता प्रकाण्ड, पीबीएम कमरेडहरु, सीसीएम कमरेडहरूलगायत सबै कमरेडहरूलाई बिनासर्त रिहा गर्न जोडदार माग गर्दछ ।, महासचिव विप्लवद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, अन्यथा पार्टी फासिवादी दमनको सशक्त बिरोध गर्ने चेतावनी दिन चाहन्छ । हाम्रो पार्टी यो अभियानलाई कुल्चने, दमन गरेर सिध्याउने दुःस्वप्न नदेख्न चेतावनी दिन चाहन्छ ।’

‘इतिहासले पुष्टि गरेको सत्य के हो भने दमनले प्रतिरोध जन्माउँछ र जनतामाथि लूट मच्चाउनेहरूको स्वर्ग ध्वस्त हुन्छ । दमनले भीषण सङ्घर्ष निम्त्याउँछ । दमनको बाटो भनेको पराजयको बाटो हो भन्ने यो सरकारले बुझिराखे हुन्छ । विज्ञप्ति अघि भनिएको छ, यो दमनले हामी एकरत्ति पनि विचलित भएका छैनौँ । सबै कमरेड, समर्थक र शुभचिन्तकलाई आफ्नो क्षेत्रमा डटिरहन अनुरोध गरिन्छ ।’

साथै विप्लवले वर्तमान सरकारको दमनबिरुद्ध उनले चरणबद्ध आन्दोलन र संघर्षको घोषणा समेत गरेका छन् । विप्लवको घोषणा अनुसार साउन २५ गते देशव्यापी कोणसभा, २६ गते विरोधसभा, २७ गते भण्डाफोर, २८ गते मशालजुलुस र २९ गते नेपाल बन्द छ ।

हेर्नहोस् महासचिवद्वारा जारी विज्ञप्तीः–