समाचार

पूर्वमन्त्री प्रकाण्डलाई हतकडी

काठमाडौं । नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता पक्राउ परेका छन् । नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई बुधबार राजधानीबाट पक्राउ गरिएको हो । उनी उपत्यकाबाहिरबाट पार्टीको कार्यक्रम सकेर राजधानी छिर्दै गर्दा समातिएका हुन् ।

नेपाल प्रहरीको विशेष ब्यूरोेका अनुसार पूर्वमन्त्री समेत रहेका प्रकाण्डमाथि गएको निर्वाचनमा चन्दा संकलन तथा विस्फोट लगायत घटना गराएको आरोप लागेको छ ।

उनी २०६८ सालमा झलनाथ खनाल प्रधानमन्त्री रहँदा पर्यटन तथा नागरिक उड्ययन मन्त्री भएका थिए । उनलाई हिरासतमा लिएर अनुसन्धान प्रक्रिया अगाडी बढाईएको बतााईएको छ ।