बाग्मती

फिल्म हलमा भिषण आगलागी, यस्तो छ पछिल्लो अवस्था (भिडियो)

काठमाडौं । हेटौंडाको एक फिल्म हलमा भिषण आगलागी भएको छ । प्रदेश नम्बर ३ को राजधानी समेत रहेको हेटौडास्थित सिनेमा हलमा बुधबार बिहान आगलागी भएको हो । हेटौँडा उपमहानगरपालिका वडा नं ४ स्थित ओम्याक्स सिनेमा हलमा आगलागी हुदाँ मानवीय क्षति भने नभएको बताईएको छ ।

प्रहरीका दिएको पछिल्लो जानकारी अनुसार आगोलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीको ठुलो टोली पुगिसकेको छ । हलको एक भागमा बिजुली सर्ट भएपछि आगलागी भएको हल निकट स्रोतले बताएको छ । हलको आंशिक भाग आगलागीका कारण जलेर नष्ट भएको छ ।

सुरक्षाकर्मीहरु वारुण यन्त्रसहित आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।