समाचार

चारजना ड्रग्स कारोबारीलाई हतकडी !

काठमाडौं । ४ जना लागूऔषध कारोबारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार २ जना र सोमबार २ जना गरी उनीहरुलाई राजधानीको नयाँ बजारबाट पक्राउ गरिएको हो ।

शंका लागि चेक जाच गर्ने क्रममा महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको चेकिङ्ग टोलीले दिपक श्रेष्ठ र अल्बिस महर्जनलाई पक्राउ गरेको थियो भने रमेश बुढाप्रिती र राज सिद्धिकीलाई सोमबार पक्राउ गरिएको थियो ।

उनीहरुको साथबाट २७० थान नियन्त्रीत लागुऔषध बरामद गरिएको छ । पक्राउ परेका चारै जनालाई हिरासतमा राखेर थप अनुसन्धान अगाडी बढाईएको प्रहरीले जानकारी दिइको छ ।