खेलकुद

सेबलाई उपाधि

काठमाडौं । प्रथम ओप्स अन्तर बिद्यालय फुटसल प्रतियोगिताको उपाधि सामाखुसी बोडिङ स्कुल(सेब)ले जितेको छ । मंगलवार भएको फाईनल खेलमा सेबले प्रगति हाईस्कुललाई ५–२ गोल अन्तरले हराउदै उपाधि चुम्यो । सेबका लागि सुबाष तिम्लिसिनाले ह्याट्रीक पुरा गर्दा उमेश बिकले २ गोल गरेका थिए । प्रगती हाईस्कुलका लागि अर्जुन राईले २ गोल फर्काएका थिए ।

प्रतियोगितामा प्रगतीका खेलाडी अर्जुन राई उत्कृष्ट खेलाडी चुनिए । सेबका उमेश बिकले हाईस्कोरर र बेष्ट स्टाईकरको उपाधि हात पारे । सेबकै सफल सेन ठकुरी उत्कृष्ट मिड फिल्डर भए । सृजना ज्ञानसागरका अनिल वहादुर गुरुङले उत्कृष्ट प्रशिक्षकको उपाधि जिते ।

जीवनको मूल आधार शिक्षा र खेलकुद भन्ने स्लोकनका साथ संचालन भएको प्रतियोगिताको बिजेता टिमलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य बद्री अधिकारी ,आयोजक संस्था ओप्सका अध्यक्ष एवंम् हिमरश्मी स्कुलका प्रिन्सिपल लोकेन्द्र बहादुर खड्का,प्रतियोगिता संयोजक एवंम् एन्जल्सहार्ट स्कुलका प्रिन्सिपल धनवहादुर पुनलगायतले खेलाडीलाई पुरस्कृत गरेका थिए । लिगकम नकाउटका आधारमा संचालन भएको प्रतियोगितामा २० टिमको सहभागिता रहेको थियो ।