पु.समाचार

धुरुधुरु रुदैँ गोविन्द केसीले फेरि दिए सरकारलाई यस्तो दनक !

काठमाडौं । त्रिवि शिक्षण अस्पतालका प्राडा गोविन्द केसीले पत्रकार सम्मेलनमै आशु झारेका छन् । मंगलबार आफैँले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दैँ लामो समयको अनसनका कारण आफूले विरामीको उपचार गर्न नपाएको भन्दै डा. केसीले आशु थाम्न नसकेका हुन् ।

डा. केसीले पत्रकारमा सम्मेलनमार्फत आफूसँग भएका सम्झौँता कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । उनले सम्झौतामा तलमाथि भएमा कडा आन्दोलन तथा विरोधका कार्यक्रमहरु ल्याउन बाध्य हुने चेतावनी समेत दिएका छन् ।

डा. केसीले चिकित्सा शिक्षा ऐनबाहेक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्तरोन्नतीको काम अघि बढाई सञ्चालनमा ल्याउन र मेडिकल माफियालाई कारवाही गर्न सरकारलाई पत्रकार सम्मेलनमार्फत सुझाएका छन् । डा. केसी र सरकारबीच सहमती भएपछि केसीले २ साता अघि अनसन तोडेका थिए ।