सुदूरपश्चिम

कर्णाली नदीमा जीप खस्यो

धनगढी । कैलालीको चुरे पहाडी क्षेत्र मोहन्याल गाउँपालिका—७ चिप्लेभीरबाट से १ज ९२९ नं को जीप आज अपराह्न कर्णाली नदीमा खसेको छ ।
कैलालीको चिसापानीबाट सोल्टातर्फ जाँदै गरेको उक्त जीपमा यात्रु नरहेको र चालक देवीराम देवकोटाले हाम फालेर ज्यान जोगाएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।