बाग्मती

मातृभाषामा कक्षा सञ्चालन

दोलखा । जिल्लाको आठ विद्यालयमा मात्र मातृभाषामा पढाई हुने गरेको छ । स्थानीय तामाङ भाषालाई मातृभाषाका रुपमा यहाँका एघार विद्यालयले दर्ता गराए पनि आठ विद्यालयमा मात्र मातृभाषामा कक्षा सञ्चालन भइरहेको शिक्षा विकास तथा समन्वय एकाई दोलखाले जनाएको छ ।

दोलखाका जम्मा ३६३ वटा विद्यालयमध्ये धर्मछोईलीङ गुम्बा भुसाफेदामा ३ कक्षासम्म अनुमति लिए पनि हाल कक्षा एकसम्म मात्र पढाई भइरेको छ ।

त्यस्तै रोल्वालिङ साङछोईलीङ गुम्बा गौरीशंकरमा हाल ३ कक्षासम्म, कुन्शाल थोङदोलीङ गुम्बा विद्यालय जिरीमा कक्षा २ सम्म, शान्तेन छोईलीङ गुम्बा श्यामामा कक्षा २ सम्म, सर्वखासा गुम्बा मालीमा कक्षा ५ सम्म र टाँसी छिमे गाछल गुम्बा विगुमा कक्षा २ सम्म, थुजे छोईलीङ गुम्बा सुष्पाक्षमावतीमा कक्षा ३ सम्म मातृभाषामा कक्षा सञ्चालन भइरहेको छ ।