राजनीति

पूर्वप्रधानमन्त्री देउवा एक हप्ते भ्रमणका लागि भोली सिंगापुर जाने

काठमाडौं । नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवा बुधबार सिंगापुर प्रस्थान गर्ने भएका छन् । सभापती देउवा भोली दिनको १ बजे त्यसतर्फ जान लागेका हुन् ।

साउनको पहिलो साता नै देउवाको सिंगापुर जाने कार्यक्रम तय भएपनि डा. गोविन्द केसीको अनसनका कारण स्थगित गरिएको थियो ।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार उनी त्यहाँ एक हप्ता बिताउनेछन् ।

देउवा सिंगापुर जाने भएपछि बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीश सिफारिसका लागि बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।